महाकाली। ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उनी उनको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिएका हुन् ।
सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पुर्याबउन व्यवस्थापन गर्ने रहेको छ ।’शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो,’ उनले भने, ‘पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।
