एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले सन् २०२०/२१ को सिजन समाप्त भएपछि क्लबमा ठूलो परिवर्तन गर्ने बताएका छन् ।
ला लिगाको उपाधि दौडबाट बाहिरिएपछि प्रशिक्षक रोनाल्ड कोएमनमाथि दबाब बढेको छ र यी डच प्रशिक्षकले अर्को साता कामबाट फुर्सद पाउन सक्ने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।
‘नतिजा र प्रदर्शनको आधारमा सिजनको अन्त्यमा म मूल्यांकन गर्ने मैले भनेको छु,’ लापोर्टाले भने, ‘हामीले कोपा डेल रेलाई जित्यौं, र हामी यसमा गर्व गर्छौं, तर हामी च्याम्पियन लिगको सुरमै बाहिरियौं र ला लिगामा अकल्पनीय रुपमा हार्यौं ।’
लापोर्टाले अर्को साता क्लबमा धेरै परिवर्तन देख्न सकिने बताए । ‘मेरो दृष्टिकोणबाट, अर्को साताको सुरुवातबाट तपाईंले धेरै निर्णयहरु देख्न सक्नुहुनेछ । हामी त्यसपछि त्यसमा टिप्पणी दिनेछौं । हामीले कडा परिश्रम गर्नुपर्नेछ र च्याम्पियन्स लिग र घरेलु लिगका लागि प्रतिस्पर्धी टिम हुनुपर्नेछ,’ लापोर्टाले भने, ‘जब मैले भनें यो एउटा चक्रको अन्त्य हो, किनकि मलाई लाग्छ यो आवश्यक छ ।’
मार्काको सहयोगमा
फेसबुकबाट तपाईको प्रतिक्रिया !