नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) ललिता ढकाल बैशाख महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएकी छन् ।इन्स्पेक्टर ललिता ढकालले विभागिय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनलाइ बैशाख महिनाको ‘जिल्लाकै सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।
साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इन्स्पेक्टर ढकाललाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !