सिन्धुपाल्चोक। चीनबाट नेपाली व्यापारीले ल्याएको १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाकाहुँदै नेपाल भित्रिएका छन् । सोमबार दिउँसो चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सामग्री बोकेका चिनियाँ कन्टेनर नेपाल भित्रिएका हुन् ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनका लागि व्यवसायीले १८ हजार सिलिन्डर ल्याएका हुन् ।
‘सोमबार भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’ सीमाका सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको श्रेष्ठको भनाइ छ ।तर, यसअघि आइतबार नै स्वास्थ्य सामग्री नाकामा आइपुगेको भनेर प्रचार गरिएको थियो । तर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामग्री सोमबार दिउँसो मात्रै तातोपानी नाका आइपुगेको हो ।
‘व्यवसायीको भनाइअनुरुप बाटोमा रहेकामध्ये दस हजार सिलिन्डर एभरेस्ट ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।कोरोना महामारीको समयमा सरकारले यसअघि उक्त सिलिन्डर चीनको अनुदानमा आएको भन्दै भ्रमपूर्ण अस्वाश्वन दिएको थियो। यद्यपि चीनले अनुदानमा दिएको अक्सिजनका सिलिन्डरहरु आउने क्रम जारी रहेको छ। सोमबार मात्रै पनि नेपाल वायुसेवा निगमको जहाजले थप ५६० वटा र केही स्वास्थ्य सामग्री ल्याएको थियो।
विमानस्थल स्रोतका अनुसार निगमको जहाज आज पुन : थप अक्सिजनसहित अन्य स्वास्थ्य सामाग्री लिन चीनतर्फ जाँदै छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !