जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागी आवश्यक सहयोग गरि दिन प्रदेश स्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरुलाई अपील गर्नु भएको छ । प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागी अतिआवश्यक देखिएको भेन्टीलेटर, अक्सीजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सीन उपलब्ध गराई दिन अपील गर्नु भएको हो ।
युएन एजेन्सीजहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेश २ सम्म ल्याउनका लागी पहल गर्न समेत प्रदेश स्थित प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । युएन एजेन्सीजहरुले हाल सम्म माहामारी नियन्त्रणमा गर्दै आएको सहयोगको लागी धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !