काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले पुनर्जीवन पछि एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । एमालेमा देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेपछि उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा फर्किनु पर्ने बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ– ‘नेकपा एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनि मैले गत फागुन २३ लगत्तै भनेको थिएँ। कार्यदलमा पार्टीको एकता र हित एवं देशको हितका निम्ति पूरा प्रयास हुनेछ।’

















