रौतहट।रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकाको वडा नं ४ बाट शनिबार बिहान करिब ३ बजेको समयमा गौर चपुर सडकबाट चोर समूहले रामअषिश प्रसाद जयसवाल गरुडा ५ महम्मदपुर को नाउँमा रहेको ना ४ च ४३८२ नम्बरको महेन्द्रा कम्पनीका पिकअप भ्यान च्याचिस नं MA1ZO1GH1683310 तथा इन्जिन नं GHH1L24050 रंग सेतो रहेको उक्त भ्यान ईलाका प्रहरी कार्यालय गरुडा देखि करिब ४०० मिटर उतर तर्फ रोड छेउ निर्माण भईरहेको घरको प्रा·णबाट निषेधाज्ञाको मौका छोपी चोर समूहले चोरी गरी लागेका निवेदक जयसवालले जानकारी दिएका छन् ।

















