दोलखा । दोलखा प्रहरीले ग्रामिण भेगका बस्तीमा पुगी नागरिकलाई स्वास्थ सुरक्षा तथा सर्तकता अपनाउन चेतना मुलक सन्देश सुनाउदै हिड्कोछ । यति खेर दोलखामा मात्र नभई मुलुक भर सुरक्षाकर्मी र स्वास्थकर्मी अग्रभागमा रहेर कोरोना बिरुद्दको लडाईमा छन ।
आफ्नो र परिबार समेतको पर्वाह नगरी सेबा प्रबाह गरीरहेका छन ।यसमा पनि दोलखाको प्रहरी , नागरिकलाई कसरी जोगाउने भन्ने अभियान लिएर गाउँ गाउँ चेतना मुलक सन्देश सुनाउदै हिडिरहेकोछ ।
उनीहरु टोल बस्तीमा पुगेर नागरीकलाई घर भित्र रहन अपिल गर्दछन । तपाईहरुको सुरक्षालागी अहेरात्र टोलबस्ती रही आफुहरुले सुरक्षा दिने अनुरोध गर्दै प्रहरी हिडिरहेका छन ।
दोलखा प्रहरीले यति बेला जिल्लाका दुर्गम गाउहरुमा समेत कोरोना बिरुद्द सचेतना अभियान चलाएकोमा नागरिक समाज दोलखाले प्रहरीको कदमको तारिफ गरेको छ । दोलखाका प्रमुख डिएसपी भेषराज रिजालको नेतृत्वमा रहेको प्रहरी टिम नागरिक मैत्री बनी शान्ति सुरक्षा देखी स्वास्थ्य सुरक्षा उत्कृष्ट काम गरिरहेको नागरिक समाज दोलखा अगुवा कृष्णबहादुर बस्नेतले बताए ।
यति खेर जिल्लामा कोरोनाको ग्राफ ह्बातै बढी रहेको छ। जिल्लाको बैतेश्बर र तामाकोशी गाउँपालिका यसको बढी चपेटामा परेको छ । दोलखा प्रहरीले गौरीशंकर गाउँपालिका लगायत यस्ता दुर्गम स्थानमा पुगि सबैलाइ सजक रहन र अपनाउनु पर्ने उपाय बारेमा सचेतना जगाउने कार्य गरेको नागरिक अगुवा बस्नेतले बताए । स्थानीय राजेश श्रेष्ठ भन्छन दोलखा प्रहरीले जिल्लाका शहर सदरमुकाममा कोरोना को कहर सुरु हुन साथ तपाईको मास्क खै ? भन्ने अभियान चलाएको थियो ।
मास्क नलगाई हिड्ने गरेका नागरिकलाइृ आफैले माक्स दिई स्वास्थ सुरक्षा अपनाउन उत्प्रेणा जागृत गराएको श्रेष्ठले बताए । माईकिङ गर्ने , जिगंल बजाउने लगायतका कार्य गरेको छ । मास्क खै ? भन्ने अभियानमा नेपाल पत्रकार महासंघ दोलखाले ५ सय माक्स र सेनिटाईजर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरि संचारकर्मीको सहकार्यमा यो अभियान प्रहरीले निरन्तर जारी राखेकोछ ।
अहिले सम्म दोलखा प्रहरीले ५२ सय ३० वटा माक्स नागरिकलाई उप्रेणा जागृत गर्दे बितरण गरेकोछ । जिल्ला ४७ स्थानमा सचेतना कार्यक्रम गर्दै १३ हजार नागरिकलाइ स्वास्थ्य सुरक्षा उपनाई घर भित्रै बस्न सचेत गराएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) भेषराज रिजालले जानकारी दिए ।
हाल देशमा अक्सिजनको कमी भएर बिरामीले मृत्युबरण गर्नु परेको समेत अबस्थालाई समेत मध्यनजर गरी दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालकै नेतृत्वको टोलीले जिल्ला भित्र रहेका अक्सिजन सिलिन्डर संकलनको अभियान चलाई ५८ वटा संकलन गरेको छ ।
शनिबार सम्म दोलखा प्रहरीले कुल ५८ बटामा ३१ खाली र २७ बटा भरिएका सिलिन्डर जिल्ला संकट ब्यबस्थापन केन्द्र मार्फत जिल्ला अस्पताल लाई हस्तान्तरण गरेको डिएपी रिजालले जानकारी दिए । यसले जिल्लामा भएको अक्सिजनको अभाबलाई केही हद सम्म कम गर्ने बिश्बास छ ।

















