धनगढी । कञ्चनपुरमा निषेधाज्ञाका बेला अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का अन्दाजी १८ वर्षीय सागर तम्राकार, सोही ठाउँका १९ वर्षीय सुरज तम्राकार र १८ वर्षीय रोशन तम्राकार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।उनीहरुको साथबाट ७ दशमलव ६१ क्यु फिट अवैध काठ बरामद गरेर आवश्यक कारवाहीका लागि शुक्रबार सब डिभिजन वन कार्यालय पिपरियाको जिम्मा लगाइएको उनले बताए ।
-
मदिरा बिक्री गर्ने पक्राउ
प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ त्रिवेणी चौकमा अवैध रुपमा मदिरा बिक्रि गर्ने सञ्चालकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्ट डेरी हाउसकी सञ्चालक ३७ वर्षीया बसन्ती बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।इजाजत पत्र नलिएर डेरीबाट अवैध रुपमा मदिरा बिक्रि गर्ने गरेको पाइएपछि बिष्टलाई पक्राउ गरिएको उनले जनाए ।

















