काठमाडौं। छिमेकी राष्ट्र चीनले अनुदानमा उपलब्ध गराएको अक्सिजन सिलिण्डर लिन आज नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि बेइजिङ जाँदैछ ।यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी गराएकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !