काठमाडौँ । अक्सिजन अभावले धमाधम संक्रमितको मृत्यु हुने क्रम बढेपछि नेपाली सेनाको हेलिकप्टरले भैरहवामा साँझ ४० सिलिण्डर अक्सिजन पुर्याएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनुरोधमा बुधबार बेलुकी काठमाडौंबाट गएको सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्याएको सेनाले जनाएको छ ।
ती अक्सिजनका सिलिन्डरहरु भीम अस्पताल र लुम्बिनी अस्पतालका लागि लगिएका हुन् । अक्सिजनको अभावमा बुधबारमात्रै भीम अस्पतालमा तीनजनाले र बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पाँचजनाले ज्यान गुमाएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् साँझ साढे ७ बजेतिर ४० थान अक्सिजन सिलिन्डर भैरहवास्थित गौतम बुद्ध विमानस्थल परिसरमा झारिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !