काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्मेवार र नालायकीपन देखाएको भन्दै सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।
नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमा सरकारले महामारीको बेलामा गर्न सक्ने काम पनि नगरेको भन्दै अब सबैजनाले आ-आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।
उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’आक्रोशित हुँदै उनले प्रश्न गरेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !