काठमाडौं । काठमाडौंबाट झन्डै ११ लाख रुपैयाँ नगदसहित २५ जना जुवाडेहरु पक्राउ परेका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका बेला होटेलमा बसेर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट १० लाख ९७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए। उक्त हाेटलमा लकडाउनमा मात्रै हाेइन पहिले देखि नै पेशेवर रूपमा जुवा संचालन हुदै अाएकाे थियो ।
जुवा संचालक र हाेटल मालिकले नजिकैको सिआरभी र प्रहरी वृत्त लैनचौरका घुमुवा प्रहरीलाई मिलाएर जुवा खेलाउदै आएका थिए। घुमुवाले वृत्तका डिएसपी र मुद्दाका प्रमुखको नाममा समेत खालको हिसाबले रकम लैजाने गरेको सधैं जसाे खेल्न जाने तर यसपटक पक्राउ नपरेका एक पेशेवर जुवाडेले सार्वजनिक गरेपछि उक्त हाेटलमा सधै जसाे जुवा हुनेगरेकाे उजागर भएको हो । अहिले भने हाेटल र जुवा संचालकले घुमुवाहरूलाई दिनुपर्ने रकम पनि नदिएको र जुवाबाट प्राप्त रकम पनि सिनियर केही अधिकृतले नपाए पछि छापा हानेको हुनसक्ने ती जुवाडेले दावी गरे ।
पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, काठमाडौं–१६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल, काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरीको लोरपटि–२ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोज कुमार मण्डल छन्।

















