काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ। सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएका नेपाल समूहले अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको हो ।
भर्चुअल रुपमा स्थायी कमिटी बैठक सुरु भएको नेपाल समूहका स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो । २८ जना सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन डाकेको बैठकमा अनुपस्थित भएका थिए।
ह्वीप उल्लंघन गरेर अनुपस्थित भए पनि एमालेले माधव नेपालसहित २८ सांसदमाथि तत्काल कारवाही नगर्ने देखिएको छ ।

















