गौरभ साह / लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर – २ स्थित मिलन चौकमा गाईको हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन ।
हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लहान प्रहरीले नियन्त्रणमा लिएका छन । केहिले गाइ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !