काठमाडाैं । प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो।दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो।
त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए।ओली पक्षले पदाधिकारीलाई राख्ने कि नराख्ने भन्नेबारेमा ओलीलाई सोध्नुपर्ने बताएपछि यस विषयमा थप छलफल गर्ने भनिएको थियो। नेपाल पक्षले तत्कालीन जिल्ला अध्यक्षलाई कायम राख्ने भन्दा ओली पक्षले अहिले ओली समूहले नियुक्त गरेका जिल्ला अध्यक्ष कायम हुनुपर्ने अडान लिएको थियो। यस षयमा नेपाल पक्षका नेताले नेपाललाई सोधेर जानकारी दिने भनेका थिए।ओलीले पदाधिकारी नदिने, हाल नियुक्त जिल्ला अध्यक्ष नहटाउने र नेपाल पक्षका नेताका बारेमा पनि केही नगर्ने जस्ता कुरा राखेपछि नेपाल पक्ष बिच्किएको थियो।
