काठमाडौं । अमेरिकाको बाल्टिमोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित ४ जनाको मृत्यु भएको छ । घटनामा २५ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ । उनी संखुवासभा खादबारीका हुन् । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे भएको घटनामा अन्य दुई स्पेनी नागरिकको पनि ज्यान गएको छ । अर्का एक मृतकको भने पहिचान खुलेको छैन ।
अमेरिकाका स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घिमिरे अध्ययनको सिलसिलामा अमेरिका पुगेका थिए । उनी स्नातक तहको अध्ययन सकाएर केही समयअघि मात्रै दीक्षित भएका थिए । घिमिरे निकै मेधावी विद्यार्थी रहेको बताइएको छ । उनले विभिन्न विधामा स्वर्ण पदक हासिल गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !