काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला ओलीले त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन्।
आइतबार प्रेस वक्तव्य जारी गरेर उनले पार्टीमा कसैलाई पनि काखापाखा वा पक्षपात नगरिने बताए। उनले भनेका छन्, ‘पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्।’
उनले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त नभएको पनि उल्लेख गरेका छन्।
-
यस्तो छ ओलीको विज्ञप्ति


















