कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरोहिरोइन सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्बेदीका अनुसार पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका १ का ३३ वर्षीय प्रेम दत्त भट्ट र वेदकोट नगरपालिका २ का ३२ वर्षीय केशव खत्री रहेका छन।
उनीहरुको साथमा १४/६९ ग्राम खैरोहिरोइन (ब्राउन सुगर) पाइएको एसपी चतुर्बेदीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !