काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सपभाति शेरबहादुर देउवालाई भेट्न देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।
देउवासँग विहान ९ बजे भेट्ने कार्यक्रम तय भएअनुसार ठाकुर र महतो बुढानीलकण्ठ पुगेको जसपाका एक नेताले नेपाल लाइभलाई बताए। अहिले देउवा, ठाकुर र महतोवीच भेटघाट जारी छ।
