काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवन १४१८१.६८ वर्गफिट क्षेत्रफलमा रहने तथा अनुमानित कुल लागत ३२ करोड रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !