कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा अबैध रुपमा भेटिएको मल बरामद गरेको छ। बेलौरी नगरपालिकाको वडा नम्बर – १० सडकघाटमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डममा खटिएको टोलीले बिहीवार राती २ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्बेदीले बताए।
प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक नाथको कमान्डले गस्ती गरिरहेको अवस्थामा दुई थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको प्रहरी साहयक निरीक्षक नाथले बताए।

















