काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) विरूद्ध गठबन्धन बनेपछि नेकपा एमाले नेता गोकुल बाँस्कोटाले त्यसको व्यङ्ग्य प्रहार गरेका छन्। राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को माधवकुमार नेपाल समूहको गठबन्धन बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ? भन्दै व्यङ्यात्मक शैलीमा प्रश्नसमेत गरेका छन्।
उनले ट्विटमा लेखेका छन्, बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ? एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा ! शायद आउने चुनावको युद्धअभ्यास होला।
उनले राष्ट्रियसभाको गठबन्धनलाई आगामी निर्वाचनको युद्ध अभ्यासको संज्ञासमेत दिएका छन्। जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाविरूद्ध एमालेकै माधव समूहका डा खिमलाल देवकोटा उम्मेदवार उठेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !