काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गर्नुभएको छ ।कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उहाँले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ । सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !