काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ( WHO ) ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ ।यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो ।
डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !