काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग भएको सम्झौताबमोजिम ल्याइने भनिएको ५० लाख मात्राको कोभिशिल्ड खोप तत्काल आउन नसक्ने जनाएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचनामार्फत पूर्वसम्झौताअनुसार तत्काल ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको भनिएको छ ।सूचनामा भनिएको छ, ‘औषधी व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमतिप्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरका दरले खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको छ तर, कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेवित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ थप ५० लाख मात्र कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’
साथै, बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले तत्काल नआउने देखिएको मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !