काठमाडौँ । गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !