पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ ।वैशाख १५ सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको हो । त्यसैदिन मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि स्थगित भएको थियो ।
सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुख नेत्रनाथ अधिकारीले २७ गते प्रस्ताव गर्नुभएको हो ।
वैशाख २७ गते बस्ने प्रदेश सभा बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता र जनता समाजवादी पार्टीका संसदीय नेताले बोल्ने छन् ।

















