रोहित कुमार मण्डल / सप्तरी(कुशहा) । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड – १९ को संक्रमणबाट सप्तरी जिल्ला पनि प्रभावित भइसकेको र संक्रमितको संख्या दिनानुदिन बढदै गइरहेकोले थप संक्रमणलाई न्यूनिकरण गर्न सप्तरीको सुरुङ्गा नगरपालिका नगर उप प्रमुख बिन्दा कुमारी पासवानले सम्पूर्ण नगरवासीलाई सुरक्षाका उपायहरु अपाउन आग्रह गरेका छन् ।
थप संक्रकणलाई न्यूनिकरण गर्न र सप्तरीका सम्पूर्ण जनताको सुरक्षलाई मध्यनजर गर्दै आम जनमानसमा संक्रमण फैलन नदिन जिल्ला सुरक्षा समिति सप्तरीले जारी गरिएको निषेधज्ञा पूर्णरुपमा पालना गर्न सप्तरीको सुरुङ्गा नगरपालिका नगर उप प्रमुख पासवानले आग्रह गरेका छन् ।
नगरपालिका का साथै वडा कार्यालयले जारी गरेको निषेधज्ञाको पालना गर्न सम्पुर्ण वडा बासीहरुमा अनुरोध गरेको उनले जानकारी दिनुभयो । महामारीको यस घडीमा ब्यक्तिगत तथा आफनो परिबार र समाजको स्वास्थ्यलाई सर्वोपरी राख्दै आफनो कर्तब्य पालना गर्न सम्पुर्ण वडाबासीहरुमा उप प्रमुख पासवानले आग्रह गर्नुभयो ।
महामारीबाट बँच्न सुरक्षा सामग्रीको प्रयोगका साथै भैतिक दुरीको पालना गर्दै घरमा सुरक्षित रहन समेत वडा कार्यालय सम्पुर्ण जनसमुदायलाई आग्रह गरेका छन् । यस निषेधाज्ञाको अवस्थामा सम्पूर्ण व्यवसायकर्ता लगायत विभिन्न पेशाकर्मी तथा श्रमीकवर्गमा पर्न जाने असुविधाप्रति सम्मपूर्ण वडा कार्यालय सहानभुतिपुर्वक एकताबद्धता व्यतm गर्दछौ उहाँले बताउनुभयो ।
हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार कोराना भाईरसबाट भइरहेको र हुन सक्ने सम्भावित जोखिमबाट बच्न कुनै किसिमको ठुलो सभा, जुुलुश, मेला,भिडभाड आदि नगर्न नगराउनको लागि अनुरोध गरेका छन् । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कौं , घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गरौं, भिडभाडमा नजाँनका लागि समेत आग्रह गरेका छन् ।

















