काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुग्नुभएको छ । अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको बताइएको छ ।
जानकारी अनुसार उप–प्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बूढानीलकण्ठ पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !