काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि राजनीतिक माहोल ताँतेको अवस्था छ । नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री ओलीलाई असफल बनाउन लागि परेका छन् । प्रधानमन्त्री ओलीलाई असफल बनाउन बुधवार विहान जसपाका अध्यक्ष यादवको निवास हात्तीवनमा तीन नेताबीच छलफल भएको छ । छलफलमा अध्यक्ष यादवलाई प्रचण्ड–नेपाललाई नडराई अघि बढ्न भनेका छन् ।
यसका साथै, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने र ओलीनकै नेतृत्वमा चुनाव हुने संख्या अपुग बनाउने विषयमा पनि छलफल भएको छ । त्यस्तै, जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !