काठमाडौं । नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ, अहंकार र जिद्धी छोड्न चेतावनी दिनुभएको छ । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अंहकार, दम्भ र जिद्धीपना नछोडे ढुवाएरै छोड्ने चेतावनी दिनुभएको छ ।
उहाँले आफू सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिनुभएको छ ।एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’उहाँले हिन्दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !