काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री निकट व्यवसायीहरुले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले महामारीको कहालिलाग्दो समयमा जनतामाथि धोका भएको उल्लेख गरेका छन्।
‘कमिसन नमिलेकै कारण प्रधानमन्त्री कपी ओली निकट व्यवसायीहरु विजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकको भन्ने खबरले लज्जित बनाएको छ’ उनले लेखेका छन्,‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठूलो धोका?’उनले पहिलो चरणको महारमारीका समयमा ठूलो आर्थिक चलखेल गरि प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको उल्लेख गर्दै प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीले जनस्वास्थ्यमा गरेको अपराध र बेइमानी क्षम्य हुन नसम्ने बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !