बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावको विरुद्धमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धनलाई समर्थन गरेका धर्मबहादुरलाल श्रीवास्तवलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री पोखरेलले सोमबार फिर्ता ल्याएर मंगलबार श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्री हुन्।
मंगलबार उनीसँगै थप दुई जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका छन् ।
रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइएको छ ।आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै चार जना मन्त्री थप गरेका मुख्यमन्त्री पोखरेलले सोमबार दुई जना र मंगलबार तीन जना मन्त्री थप गरी १० जनाको मन्त्रीमण्डल बनाएका छन्।

















