काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ ।कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम युएनओपीसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा आएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त सिस्टमको निरीक्षण गर्नुका साथै यसले काम गर्ने पद्धतिबारे जानकारी लिए । आईजीपी क्षेत्रीले अस्पतालका अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्याउने युएनओपीसलाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !