महोत्तरी । महोत्तरीको वर्दिवासबाट सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै खुलेआम रकम असुली हुंदै आएको खुलेको छ । लाईसेन्स बनाउने नाममा सर्वसाधारणलाई ठगि गरेको आरोपमा एकजनालाई पक्राउ गरेपछी रकम असुली धन्दा बाहिरीएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय बिमल न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।
वर्दिवास प्रहरीको अनुसार न्यौपाने बिभिन्न व्यक्तिहरुसंग अबैध रुपमा रुपमा पैसा असुल गरी यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै सवारी चालक अनुमति पत्रको प्रवेश पत्रमा किर्ते सहिछाप श्रृजना गरी पास भएको भनि दस्तखत समेत गरी ठगी र किर्ते गरेको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी ) विरेन्द्र थापाले पक्राउ गरिएको न्यौपानेलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान थालिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !