काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडाई गर्ने बताउनुभएको छ । सोबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई थप डाई गरिने उद्घोष गर्नुभएको हो ।‘संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई थप कडाई गरिंदैछ ।
प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’उहाँले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह पनि गर्नुभएको छ । गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गर्नुभयो ।

















