रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षलाई विहिबार काठमाडौं अदालतले कैद सजाएको फैसला गरेको छ ।
उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्याधिश रामचन्द्र पौडेलको इजलासले गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहोरालाई एक-एक वर्ष कैद र १०-१० हजार नगद जरिवानाको फैसला गरेको हो ।लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग सोही गाउँपालिका वडा नं ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग गरेका थिए ।
आफुहरुले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरुलाई समेत मार्ने सम्मको धम्की दिन लगाउने मुख्य योजनाकारको रुपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुद प्रमाणको आधारमा जिल्ला अदालत काठमाण्डौंले उनीहरुलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो ।
फैसला अनुसार मिलन भनिने लोप्साङ लामालाई ६ बर्ष कैद र ६० हजार नगद जरिवाना, अमृत तामाङ्लाई ३ बर्ष कैद र ३० हजार नगद जरिवानाको फैसला गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !