काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार पद तथा गोपनीयताको सपथ खुवाएको भएको हो ।
नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेर उनीहरुको ठाउँमा पौडेल र यादवलाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचन र पन्त दुबै माओवादी केन्द्रका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।
गण्डकी प्रदेश प्रमुखमा नवनियुक्त चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकारसमेत हुन्।सुदूरपश्चिम प्रदेश प्रमुखमा नवनियुक्त सप्तरीका गंगाप्रसाद यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । र, पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !