Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्काशन र सेवा-सुविधामा कटौती नगर्न पत्रकार महासङ्घको आग्रह

काठमाडाैं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ ।

यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गर्नुभयो ।

महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेखअनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् ।

त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् । सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात् मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसका अवसरमा अध्यक्ष पोख्रेलले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति योगदान पु¥याउने सबैप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा पनि पत्रकार महासङ्घको आयोजनामा युनेस्कोसँगको सहकार्यमा मे ३ अर्थात् आज भर्चुअलरूपमा अन्तरक्रिया गरिँदै छ । कोरोना सङ्क्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकाले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ ।

अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ । यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ ।

दिवसका सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने अध्यक्ष पोख्रेलले विश्वास लिनुभएको छ ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र होइन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन ।

प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाइमा पु¥याउन पत्रकार महासङ्घ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी रहेको उहाँले बताउनुभएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

19 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh