काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाउनुभएको छ ।
साथै उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकीर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसङ्गत नभएको आरोप लगाउनुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !