रौतहट ।रौतहटको परोहा नगरपालिका वडा नं ९ रामपुर खापबाट सशस्त्र प्रहरी बल बि.ओ.पी रामपुर खापले भारतबाट नेपाल भित्रयाई रहेको अबैध कुखुरा १६५ किलो बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी बि ओ पी रामपुर खापका सशस्त्र प्रहरी निरिक्षक पंकज कुमार सिंहको कमाण्डमा खटिएको टोलिले सिमा नाकाको दसगजा क्षेत्रमा बिहीबार बिहान १०.४० बजेको समयमा भारतबाट अबैध कुखुरा साईकलमा बोकी नेपाल भित्रयाई रहेको अवस्थामा १६५ किलो बोइलर कुखरा बरामद गरिएको छ ।
पक्राउ परेका कुखरा अन्दाजी मूल्य ४९५००/–(उन्ननचास हजार पाँच सय रुपया)बराबर को कुखुरा बरामद गरेको हो। गस्ती टोली लाई देखि कुखुरा छाडी फरार भएको अवस्थामा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल (बि.ओ.पी) रामपुर खापका सशस्त्र प्रहरी निरीक्षक पंकज सिंह लगायत स्थानीय भद्रभलादमी तथा पत्रकाररुको रोहवरमा अबैध कुखुरा नष्ट गरेका छन् ।

















