वीरगंज ।नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगन्जद्वारा आजबाट फेरि १ सय ७२ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।
बीरगन्जस्थित नारायणी अस्पतालमा कोरोना सड्ढ्रमितको चाप बढेर उपचारका लागि बेडको अभाव भएपछि आज दिउँसो २ बजेदेखि नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल होटेल बाबा इन्टरनेशनल पुन: सञ्चालनमा ल्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेसहित प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशन बसरुद्दिन अन्सारीले आज संयुक्त रुपमा १ सय ७२ बेडको अस्थायी कोभिड अस्पतालको उद्घाटन गरी सेवा सुचारु गर्नु भएको हो ।
१२ बेडको आकस्मिक कक्ष, २० बेडको आइसियु, ६ बेडको भेन्टिलेटर, ३० बेड क्याबिन सहितको प्राइभेट वार्ड र १ सय १२ बेडको जनरल वार्डसहित १ सय ७२ बेडको कोभिड अस्पताल सञ्चालनमा आएपछि बीरगन्जमा कोरोना सड्ढ्रमितहरूलाई राहत पुगेको छ ।
अस्पतालको ३० बेडको प्राइभेट वार्ड बाहेक अन्य आइसियु, एनआईसियु, भेन्टिलेटर, अक्सिजन लगायतका सम्पुर्ण सेवाहरू नि:शुल्क रहेको र सड्ढ्रमितहरूलाई नि:शुल्क खाना सहितको सेवा उपलब्ध गराइने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.बसरुद्दिन अन्सारीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !