Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

काठमाडौं । नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

कमाण्ड मुख्यालय स्थापना र सञ्चालनका लागि काम अघि बढिसकेको छ । लामो अध्ययन, अनुसन्धान, गहन छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको हो । सेनाको कमाण्ड अवधारणालाई सरकारले गत फागुनमा स्वीकृत गरेको थियो ।

उहाँले भन्नुभयो, “कमाण्ड प्रमुखको जिम्मेवारीसम्बन्धी जङ्गी अड्डाले सम्भावित सूचनासमेत निकालिसकेको छ । कमाण्ड मुख्यालय सञ्चालन गर्ने क्रममा यो पहिलो ठोस कदम हो ।” कमाण्ड अवधारणा शुरुआत वैशाखको पहिलो साताबाटै गरिए पनि आगामी साउनसम्ममा पूर्णरूपमा कार्यान्वयनमा लैजाने योजना रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सेनाको चेनअफ कमाण्डलाई छिटो/छरितो तुल्याउन र तीन तहको कमाण्डलाई सु–सङ्गत गर्ने मुख्य उद्देश्यले जङगीअड्डाले कमाण्ड अवधारणा अघि बढाएको हो । यस अवधारणा अघि बढेसँगै हालको पृतनाको संरचना क्रमशः खारेज हुनेछ । उपत्यकासहित मुलुकमा हाल सेनाका आठ पृतना छन् ।

प्रशासनिक संरचनाको प्रभावकारिता अभिवृद्धि गर्न कमाण्डसम्बन्धी संरचना ल्याइएको हो । कमाण्ड अवधारणाले ‘अप्रेशन, टयाक्टिकल र स्टाटेजी’ लाई व्यवस्थित गर्नेछ । कोशी, गण्डकी र कर्णाली नदीका आधारमा उत्तर–दक्षिण भूगोललाई समेटिएका तीन र रणनीतिक महत्व बोकेको उपत्यकालाई बेग्लै उपत्यका कमाण्ड खडा गरिएको छ ।

पूर्वी कमाण्डमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही जिल्ला पर्छ भने उपत्यका कमाण्डमा काठमाडौँ, भक्तपुर र ललितपुर समेटिएको छ । पश्चिम कमाण्डमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला समेटिनेछन् भने मध्य कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही जिल्ला पर्छन् ।

सेनामा निकै अघिदेखिको साङ्गठनिक संरचना कस्तो हुनुपर्छ भनी आन्तरिक बहसको विषय बन्दै आएको कमाण्ड अवधारणाका विषय व्यापक छलफलपछि परिमार्जनसहित आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताउनुभयो । पूर्वी कमाण्ड हिले वा धनकुटा, उपत्यका कमाण्ड काठमाडौँ, मध्य कमाण्ड पोखरा र पश्चिम कमाण्डको सुर्खेतमा मुख्यालय रहने गरी प्रारम्भिक प्रस्ताव गरिएको छ ।। नेपाली सेनाका हालका १८ वटा बाहिनीमध्ये कुनैमा पाँच वटासम्म बाहिनी रहने अवस्था हुनेछ । उपरथी दर्जाले नेतृत्व गर्ने कमाण्ड अवधारणामा जाँदा सेनामा विशिष्ट श्रेणीको कुनै पनि दरबन्दी थप हुनेछैन ।

नयाँ आवधारणा अघि बढेसँगै सैनिक मुख्यालयका कतिपय निर्देशनालय र विभागको स्तरोन्नति गरिने बताइएको छ । कमाण्ड संरचनामा प्रवेश गरेसँगै बाहिनी, गण र गुल्मले ट्याक्टिकल, कमाण्डले अप्रेशनल तहको योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा जङ्गीअड्डाले रणनीति र राज्य तहका विषयमा ध्यान केन्द्रित गर्नेछ । नेपाली सेनासँग भएको स्रोत साधनको सन्तुलित वितरण र व्यवस्थापन हुनेछ । कमाण्डसम्बन्धी अवधारणा अघि बढाउँदा सरकारलाई कुनै आर्थिक भार नपर्ने सेनाले जनाएको छ ।

यद्यपि, समायोजनका क्रममा हुने पुनःसंरचनामा प्रमुख सेनानी र महासेनानीको दरबन्दी भने केही बढ्न सक्ने अनुमान गरिएको छ । धेरै पहिलेदेखि सैनिक व्यक्तिले बौद्धिकरूपमा छलफल गर्दा आवश्यक पर्छ भनेको विषयका रूपमा रहेको कमाण्ड अवधारण सेनाको सङ्गठनलाई युग सुहाउँदो तुल्याउने सन्दर्भमा ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh