काठमाडौं । कोभिड–१९ अति प्रभावित भारतसहित अमेरिका, बेलायतलगायतका मुलुकसँगको हवाई सेवा तत्कालका लागि बन्द गर्न सरकारलाई कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।
यस्तै आन्तरिक उडान पनि बन्द गर्नका लागि सिफारिस गरिएको छ। सीसीएमसीको यो सिफारिस मन्त्रिपषिदले अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ।
शुक्रबार सीसीएमसीको बैठक बसेको थियो। मुलकमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा हुन थालेपछि हवाई सेवा रोक्नका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !