काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !