काठमाडौं । सरकारले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल नराेक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने तत्काल नरोक्ने र विदेशबाट आउने सबै यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हाे ।
यस्तै बैठकले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।
बैठकमा स्थानीय प्रशासनद्वारा पहाडी तथा हिमाली जिल्लामा २०० र तराई तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि निर्णय भएकाे छ ।
काठमाडौं उपत्यकाकामा भने वैशाख १६ गतेदेखि २२ गते सम्म निशेषज्ञा जारी हुने निर्णय भइसकेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !