बारा । फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षपछि ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले २०४५ पुषमा ९ महिना कैदको आदेश सुनाएका बारा प्रसौनीकी जग साह तेली प्रहार थिए । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तेलीलाई बारा जिल्ला अदालतमा पेश गरिएकोको र अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।
