बुटवल । रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
त्यसै गरि विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्लाप्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।
यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो। नेपाल सरकारको निर्णय अनुसार दुई शहरमा मात्र विद्यालय बन्द भएका थिए। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रसासनले आज थप निर्णय गरेको हो।
त्यसै गरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने थापाले बताए। जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने आइतबारको बैठकले निर्णय गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !