काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, कीर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चार बुँदे सहमति भएको भनेर लेखेको समाचारबाट ती कसूर आकर्षित भएको एसएसपी सिंहको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !